Sajhamanch Archive

अपांगता भएका २४० जनालाई ह्वीलचियर प्रदान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

काठमाडौं । सरकारले अपांगता भएका २४० जना व्यक्तिहरुलाई आज ह्वीलचियर प्रदान गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका ती व्यक्तिहरुलाई आधुनिक मोडलको ह्वीलचियर हस्तान्तरण गरेका हुन् ।

ह्वीलचियरको बजार मूल्य १५ हजारदेखि २ लाख ५० हजारसम्म मूल्यका रहेका छन् । ह्वीलचियर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिने जिकिर गरे । भौतिक पूर्वाधारसहितको अपांगता मैत्री वातावरण निर्माणमा ध्यान दिन आह्वान गर्दै मन्त्री गुरुङले भने, ‘अपांगता मैंत्री वातावरण निर्माणमा लाग्न म सबैलाई आह्वान गर्दछु ।’

अम होँङ गिल ह्युमन फाउन्डेशनको सहयोगमा उपलब्ध गराएको सो ह्वीलचियर काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि आवश्यकता अनुसार वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपांग कोषका सभापति रमेश लामाले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *