काशीलालको स्मृतिमा क्याम्पसमा अक्षयकोष स्थापना
Published:
by .बिर्तामोड । बिर्तामोडका पुराना बासिन्दा सामाजिक तथा राजनीतिक व्यक्ति स्व. काशीलाल चौधरीको स्मृतिमा अक्षयकोषको स्थापना गरिएको छ ।
अनारमनी पब्लिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोषको स्थापना गरिएको हो । वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल र श्रीमती मिना पोखरेलले स्वर्गीय आमा कृष्णकुमारी पोखरेलको पुण्य तिथिमा अक्षयकोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
अक्षयकोषका संस्थापक पोखरेलले आगामी वर्ष कोषको रकम दोब्बर बनाइने प्रतिबद्धता जनाएका छन् । हुने खानेले मात्र होइन, हुँदा खानेले पनि आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने सोच स्व. चौधरीको रहेको र त्यसैलाई साकार पार्न स्थापना गरिएको अक्षयकोषमार्फत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने बताइएको छ ।
अनारमनी पब्लिक क्याम्पसको संस्थापक चौधरीले खेलेको भूमिकाको कदर गर्दै उनको योगदान र नामलाई भावी पुस्ताको विस्मृतिमा जान नदिन अक्षयकोष स्थापना गरिएको बताइएको छ । आदिवासी नेता चौधरीले सामाजिक क्षेत्रमा समेत योगदान पुर्याएका थिए ।
दाता पोखरेल सोही क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु कृष्ण विमली, शिव खरेल र रुद्र सिटौलाले अक्षयकोषका लागि प्राप्त रकम बुझेका थिए ।
Comments