Sajhamanch Archive

बिर्तामोडमा नेत्रहिन पौरखीलाई बाख्रापालन तालिम

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by .

बिर्तामोड । फरक क्षमता भएका व्यक्तिहरुका लागि बाख्रापालन सम्बन्धी ५ दिने तालिम आजबाट बिर्तामोडमा शुरु भएको छ ।

झापा नेत्रहिन संघले आयोजना गरेको उक्त तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले गरिदिएका छन् । तालिम उद्घाटन कार्यक्रममा नगरप्रमुख शिवाकोटीले यस्ता कार्यले फरक क्षमता भएका व्यक्तिहरुको आर्थिक उन्नतिमा टेवा पुर्याउने बताए ।

झापाका विभिन्न पालिकाबाट २० जना नेत्रहिन सहभागी रहेको सो तालिमको समन्वय नेपाल नेत्रहिन संघले गरेको हो । सिलोम सेन्टर फर द ब्लाइन्ड कोरियाले आर्थिक सहयोग गरेको कार्यक्रममा सहभागी हुनेले यसअघि नै बाख्रा खरिद गरिसकेको जनाइएको छ ।

बाख्रा खरिदका लागि प्रत्येकलाई २० हजार रुपैयाँका दरले ४ लाख रुपैयाँ बजेट यसअघि नै हस्तारण गरिएको झापा नेत्रहिन संघका अध्यक्ष द्रोणाचार्य निरौलाले बताए । नेत्रहिनले खरिद गरिएका बाख्राको निःशुल्क बीमाको लागि पहल गर्ने अध्यक्ष निरौलाले प्रतिवद्धता पनि गरेका छन् ।

कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्रीय निर्देशक नरबहादुर लिम्बूले तलिमको अन्त्यमा प्रत्येक प्रशिक्षार्थीलाई १५० केजीका दरले दानासमेत उपलब्ध गराइने जानकारी गराएका छन् । तालिमको सहजिकरण पशु चिकित्सक कमल खनाल र मदन भण्डारीले गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *