Sajhamanch Archive

नगरबासीलाई बिर्तामोड नगरपालिकाको अनुरोध

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । कोरोना भाइरस संक्रमण दर उच्च गतिमा बढ्नु र नेपालीहरुले मनाउने मुख्य चाडपर्वहरु संघारमा आइपुग्दा झापाको बिर्तामोड नगरपालिकाले आज ८ बुँदे निर्णय गर्दै अत्यावश्यक सेवा बाहेक सबै सेवा कात्तिक ६ गतेसम्मका लागि बन्द गरेको छ ।

नगरपालिकाको आज बसेको बैठकले कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै निम्नानुसार निर्णयहरु गरेको छ ।

१. बिर्तामोड नगरपालिका र नगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा २०७७ साल कात्तिक २ गतेदेखि कात्तिक ६ गतेसम्म बन्द गरिएको छ ।

२. बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुले प्रदान गर्ने नगद लिने तथा दिने सेवा बाहेकका अन्य सेवा बन्द गर्ने । बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुले प्रदान गर्ने सेवालाई सुरक्षित र व्यवस्थित गरी स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी प्रदान गर्ने व्यवस्था गर्ने ।

३. अत्यावश्यक सेवा बाहेक विद्युत महसुल, खानेपानी महसुल, टेलिफोन महसुल लगायतका सेवा समेत बन्द गर्ने ।

४. दशैं लगायतका चाडपर्व मनाउने क्रममा भिडभाड हुन सक्ने भएकोले भिडभाड नहुने गरी आ–आप्mनो परिवार भित्रमा नै मनाउन र चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भिडभाड हुने कार्य नगर्ने नगराउने ।

५. विजया दशमीको अवसरमा नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजा, मेला, जात्रामा हुने आमभेला र सहभागितालाई कम गर्ने, गर्नैपर्ने पूजा विधि न्यून भक्तनजको उपस्थितिमा मात्र गर्न तथा सबै प्रकारका मेला, जात्रा तथा पर्वका कार्यक्रमहरु नगर्ने ।

६. विजयादशमीको अवसरमा टीका लगाउने, आशीर्वाद लिने धार्मिक एवम् सांस्कृतिक प्रचलनलाई एकाघर भित्र सिमित राख्ने । टीका ग्रहण गर्दा जेष्ठ नागरिक, विरामी र बालबालिकाहरुलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड कायम गर्न सम्बन्धित परिवारलाई विशेष ध्यान पुर्याउन आग्रह गर्ने ।

७. नगरबासीलाई बजारमा हुन सक्ने भिडभाडलाई व्यवस्थित गर्दे सबै व्यवसायी/व्यापारी तथा नागरिकले नेपाल सरकारद्वारा तोकिएको यातायात तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गर्ने ।

८. नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम गोष्ठी, सम्मेलन आदि कार्यहरु हाललाई स्थगन गर्नुका साथै राजनीतिक दल, संघ संस्थाहरुले गर्ने बैठक भेला र शुभकामना आदानप्रदान जस्ता कार्यक्रम नगर्न अनुरोध गर्ने ।

ध्रुवकुमार शिवाकोटी
नगरप्रमुख

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *