Sajhamanch Archive

किनोट म्यूजिक एकेडेमीमा उल्लेख्य प्रशिक्षार्थी

Published: in टिप्स/जानकारी by .

मेचीनगर । नौ महिना अघिदेखि काँकरभिट्टास्थित भट्टराई चोकमा सञ्चालित किनोट म्यूजिक एकेडेमीमा प्रशिक्षार्थीहरुको उल्लेख्य उपस्थितिले संगीतप्रति युवामोह बढ्दै गएको झल्को दिएको छ ।

स्थानीय युवा हेमकुमार मगरको प्रयासमा सञ्चालित म्यूजिक एकेडेमीमा करिब ५० प्रशिक्षार्थीले संगीत सम्बन्धी प्रशिक्षण प्राप्त गरिरहेको बताइएको छ ।

सानै उमेरदेखि सांगीतिक क्षेत्रलाई माया गर्ने एकेडेमीका सञ्चालक मगरले संगीत विद्यालयमा ड्रम, पियानो, भोकल, गिटार, हार्मोनियम लगायत अन्य बाजा बजाउन अभ्यास गर्दै प्रशिक्षार्थीलाई सिकाउँदै आएको बताउँछन् ।

भन्छन्, ‘एकेडेमीमा तालिमका लागि विद्यालयस्तरका साना विद्यार्थीदेखि ब्याचलर तहसम्म अध्ययन गर्ने विद्यार्थीहरु संगीत कक्षामा आइरहेका छन् ।’

तालिममा आउने प्रशिक्षार्थीहरुको अभ्यास र सोखले आफूलाई सो पेशामा लाग्न अझ हौसला बढेको बताउने एकेडमीका सञ्चालक मगर आफ्ना प्रशिक्षार्थीहरु विभित्र कार्यक्रममा स्टेजमा गएर प्रस्तुति गरिरहँदा निकै खुसी लाग्ने गरेको सुनाउँछन् ।

संगीत प्रशिक्षक मगरलाई सानै उमेरदेखि संगीतिक दुनियाँमा रमाउने मन थियो । आज एकेडेमी सञ्चालन गरेर प्रशिक्षार्थीलाई आफूले जानेका कुरा सिकाउन पाउँदा पनि मन हर्षित हुने गरेको छ ।

– प्रशिक्षार्थीः अभिजित दवाडी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *