Sajhamanch Archive

आइपिएलः चेन्नईमाथि मुम्बईको १० विकेटको जित

Published: in खेलकुद, विश्व समाचार by .

सारजहा । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले शुक्रबार इन्डियन प्रिमियर लिगमा गत वर्षको उपविजेता चेन्नई सुपर किंग्समाथि १० विकेटको जित निकालेको छ । जितपछि मुम्बई १४ अंकले शीर्ष स्थानमा रह्यो ।

मुम्बईसँगै दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरको पनि समान १४ अंक छ । रन रेटका आधारमा मुम्बई अगाडि रहेको हो । चेन्नई भने ६ अंकसहित अन्तिम स्थानमा छ । यो नतिजासँगै चेन्नईको प्लेअफको सम्भावना लगभग समाप्त भएको छ ।

मुम्बईले टस जितेर चेन्नईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । महेन्द्रसिंह धोनीको टिमले २० ओभरमा ९ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो । टिमले एक समय तीन रन बनाउँदा चार विकेट गुमाइसकेको थियो ।

चेन्नईका लागि साम कुरानले अन्त्यमा ५२ रन बनाए । मुम्बईका लागि ट्रेन्ट बोल्टले १८ रन खर्चेर चार विकेट लिए । प्रत्युत्तरमा मुम्बईले विनाविकेटको क्षति १२.२ ओभरमा ११६ रन बनायो । क्विन्टेन डे ककले ४६ र ईशान किसनले ६८ रन बनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *