हल्दिबारीको मंगलबारेमा हाम्रो नेपाल
Published: (Updated: )
by .हल्दिबारी । जिल्लाका १० उत्कृष्ट सहकारीभित्र पर्ने हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाँचौं शाखा आजदेखि हल्दिबारी गाउँपालिकाको मंगलबारेमा सुरुवात गरेको छ ।
हल्दिबारी गाउँपालिका वडा नं. ४ को मंगलबारे बजारमा संस्थाको शाखा कार्यालय सञ्चालनमा ल्याइएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन तथा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन गरेका हुन् ।
बिर्तामोडमा मुख्य कार्यालय रहने गरी २०६९ सालमा स्थापना भएको हाम्रो नेपाल साकोसले सहकारी विभागबाट जिल्लाका १५ वटै स्थानीय तहमा आफ्नो सेवा केन्द्र स्थापना गर्ने अनुमति पाएको बताइएको छ । सो अनुरुप मंगलबारेमा स्थापना गरिएको कार्यालय पाँचौं हो ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लिङ्देनले जिल्लाका नाम चलेका र परिपक्क १० सहकारी मध्येको हाम्रो नेपाल साकोसले आफ्नो ठााउँमा कार्यालय नै राखेर सेवा सुरुवात गरेकोमा धन्यवाद दिए ।
गाउँपालिका अध्यक्ष लिङ्देनले हल्दिबारीका कृषि पेसामा संलग्नको संख्या अत्याधिक रहेकाले सहकारीले कृषिमा लगानी वृद्धि गरेर सदस्यको आयआर्जनमा बढोत्तरी ल्याउन मद्धत गर्न आग्रह गरे ।
शाखा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले ६ वर्ष अघि १८ लाख ६८ हजार रुपैयाँको शेयरबाट कारोबार सुरु गरेको संस्थामा हाल ३५ करोड भन्दा बढी रहेको जानकारी गराए ।
संस्थामा रेमिट्यान्स, जीवन बीमा, बाल बचत, सुत्केरी बचत, वृद्ध बचत, युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिँदै आएको पनि अध्यक्ष दंगालले जानकारी गराए ।
शाखा सुरुभएको अवसरमा यो महिनाभर स्थानीयबासीले निशुल्क खाता खोल्न सक्ने सुविधा रहेको संस्थाका लेखा समितिका संयोजक कृष्णराज कटुवालले जानकारी गराए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष होमप्रसाद चुडालले हाम्रो नेपाल सहकारी पुरानो तथा जिम्मेवार व्यत्तिःहरुले सञ्चालन गरेकाले ढुक्क भएर बचत तथा कारोबार गर्न स्थानीयबासीलाई आग्रह गरे ।
संस्थाका सचिव विपी लामिछानेले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रितहरुलाई उपाध्यक्ष पृथ्वी ओलीले शाब्दिक स्वागत गरेका थिए ।
Comments