चेतनले ल्याए ‘अञ्जुलिमा राखे माया पोखिन्छ …’ (भिडियो)
Published:
by .चुलाचुली । चेतन आङथुपोको परिकल्पना, पटकथा र निर्देशनमा “अन्जुलीमा राखे माया पोखिन्छ है, दिलमा राख भुइँमा झरे पाउले फेरि टेकिन्छ है, दिलमा राख” गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
सञ्चारकर्मीसमेत रहेका सर्जक आङथुपोले बजारमा ल्याएको म्यूजिक भिडियोमा नातिले बाजेलाई अतिततिर फर्काएका छन् । नातिले बाजेलाई तपाई उमेरमा कस्तो हुनुहुन्थ्यो ? बोजुसँग कस्तो प्रेम थियो ? भन्ने जिज्ञासालाई कलाकार राज फागोले कल्पनामा अभिनय मार्फत उतारेका छन् ।
गायक हेमराज भट्टराई, मनोज साङसोन राईको संगीत र कवि तथा गजलकार राजकुमार सुब्बा अनिश्चितको शब्दमा गीत तयार भएको हो ।
चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोमा समाजमा व्याप्त जातीय विभेद र अन्तरजातीय प्रेमका दृश्यहरुलाई देखाउन खोजिएको छ ।
म्युजिक भिडियोमा “सेवारो बाजे” बेव श्रृङखलामा बाजेको चरित्रमा अभिनय गर्दै आएका राज फागो र रमिता राईको मुख्य भूमिका रहेको छ । भिडियोको छायाँङकन सञ्जय विश्वकर्माले गरेका हुन् ।
Comments