Sajhamanch Archive

एनएमसीमा सदस्य शिक्षा कार्यक्रमको गति तीब्र

Published: in सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आर्थिक वर्ष २०७५/०७६ का लागि तोकिएको सदस्य शिक्षा अभियानलाई तीब्रता दिएको छ ।

आज मंगलबार जिल्लाका काँकरभिट्टा, चन्द्रगढी र बुधबारेमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेर अभियानलाई तीब्रता दिएको हो । संस्थाका सदस्यलाई वित्तीय साक्षरताका साथै संस्था अन्तर्गतका मोबाइल बैंकिङ, नीति तथा कार्यविधि, राहत लगायतका कुरामा सहजीकरण गरिँदै आएको छ ।

संस्थाको काँकरभिट्टा कार्यालयको आफ्नै भवनमा सञ्चालन भएको सदस्य शिक्षा कार्यक्रममा संस्थाका युवा सरोकार समिति सदस्य एकेन्द्र उप्रेतीले सदस्यको जीवनचक्र र एनएमसी विषयमा सहजीकरण गरेका थिए ।

सदस्यको जन्मदेखि मृत्युसम्म एनएमसीले खेल्दै आएको भूमिकाबारे उप्रेतीले सहजीरकण गरेका थिए ।

दुई सयभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा काँकरभिट्टा कार्यालयगत समितिका सदस्य कल्पना ओलीले शाब्दिक गरेकी थिइन् । संस्थाको वित्तीय कारोबार प्रस्तुतिका साथै कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख कमलप्रसाद कट्टेलले गरेका थिए ।

संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमको औचित्यमाथि पुष्टि कार्यालयगत समिति सदस्य प्रल्हाद श्रेष्ठले गरेका थिए ।

यसैगरी एनएमसी चन्द्रगढी कार्यालयको व्यवस्थापनमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्था अन्तर्गतको विषयगत समिति शिक्षा तथा तालिम समितिका सदस्य अम्बिकाप्रसाद ढकालले सदस्यको जीवनचक्र र एनएमसी विषयमा सहजीकरण गरेका थिए ।

१५० जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा सञ्चालन तथा संस्थाको कारोबार झलक कार्यालय प्रमुख प्रकाश सुवेदीले गरेका थिए ।

त्यसैगरी संस्थाको बुधबारे कार्यालयको व्यवस्थापनमा पनि आजै सम्पन्न सदस्य शिक्षा कार्यक्रममा शिक्षा तथा तालिम समिति सदस्य केसी श्रेष्ठले सदस्यको जीवनचक्र र एनएमसी विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा एकसय भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको वित्तीय कारोबारको झलक तथा सञ्चालन कार्यालय प्रमुख होमनाथ मैनालीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *