प्रदेश १ मा आज ३५७ जनामा कोरोना संक्रमित थपिए
Published: (Updated: )
by .विराटनगर । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र भोजपुरमा १–१ जना तथा प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको बिराटनगरमा संक्रमण पुष्टि भएकाहरु ५३ महिला र ७० पुरुष गरी १२३ जना रहेका छन् । उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैंचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३–३, धनपालथान, ग्रामथान र रंगेलीमा २–२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
झापाको दमकमा ३७, कमल गाउँपालिकामा १०, बिर्तामोड र गौरादहमा ४–४, कनकाई, शिवसताक्षी, मेचीनगरमा २–२, भद्रपुर, बुद्धशान्ति, बाह्रदशी र अर्जुनधारामा १–१ स्थानीय तह नखुलेका ४ जना संक्रमित रहेका छन् । यसरी नै सुनसरीको इटहरीमा २८, इनरुवामा १०, धरानमा ६, रामधुनीमा ३, कोशी गाउँपालिकामा २, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४, कटारीमा ५ र बेलकामा १, धनकुटाको धनकुटा नगरपालिकामा ४ र महालक्ष्मीमा १, इलामको चुलाचुलीमा ३ र रोङमा १, ओखलढुङ्गाको सुनकोशी, संखुवासभाको मादी, तेह्रथुमको आठराई र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको अब संख्या १९ हजार ५३२ पुगेको छ ।
प्रदेश १ मा आज २४७ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १९७, होटल एशियाटिक आइसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ९८ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३६ महिला र २२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६१ हजार १४२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments