समुदाय–प्रहरी साझेदारीमा कोरोना विरुद्ध सचेतना जगाउँदै दमक
Published:
by .दमक । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर बढिरहेको बेला समुदाय–प्रहरी साझेदारी कार्यक्रमले दमकमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
प्रहरी साझेदारी समितिको टोलीले आज दमक ८ स्थित बिभिन्न पसलहरुमा पुगेर कोरोना भाइरसबाट बच्न सल्लाह दिँदै सचेतना कार्यक्रम गरेको हो । टोलीले प्रत्येक पसलहरुलाई मास्क, सेनिटाइजरको प्रयोग, पसल अगाडि हात धुने साबुन पानीको ब्यवस्थापन गर्न पनि अनुरोध गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मौषम उदासले जानकारी दिएका छन् ।
सर्वसाधारण नागरिक कोरोना भाइरसप्रति सजग हुन पनि अनुरोध गरिएको प्रहरी साझेदारी समितिका सदस्य मोहन बोगटीले बताए । टोलीले दमक ८ को चोकलाइन, सेतुमारी रोड लगायतको पसलहरुमा सचेतना कार्यक्रम गरेको हो ।
प्रहरी साझेदारी समितिका पदाधिकारी, सदस्यहरु, सामाजिक संघ–संस्थाका प्रमुख प्रतिनिधिहरु सहभागी टोलीले भोलि पनि बढी भीडभाड हुने बजारका विभिन्न पसलहरुको अनुगमन साथै सचेतना कार्यक्रम गर्ने सामाजिक अभियन्ता सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
Comments