करको विरोधमा नगरबासी आन्दोलित
Published: (Updated: )
by .मेचीनगर । स्थानीय तहमा बृद्धि भएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी वडा नम्बर १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरुले मेचीनगरको मुख्यद्वारमा दुईघण्टा धर्ना दिनुका साथै नारावाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उनीहरुले अवैज्ञानिकरुपमा नगरबासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर बृद्धि तत्काल फिर्ता गरी वैज्ञानिकरुपमा कर निर्धारण गर्न माग गरेका छन् ।
पार्टीको वडा कमिटीका अध्यक्षद्वय प्रकाश खडका र दलबहादुर कट्टेलको नेतृत्वमा नगरपालिका पुगेको र्यालीले दवावमुलक कार्यक्रम गरेको पार्टीका १ नम्बर क्षेत्रीय सदस्य विशेश्वरप्रसाद भट्टराईले बताए ।
विरोध कार्यक्रममा सहभागीहरुले आफूहरु कर र विकास विरोधी नभएर जनताको सामाथ्र्यभन्दा बाहिर गएर अप्रत्यासित, अकल्पनीय र जबरजस्ती ढंगले कर बृद्धि गर्ने नगरपालिकाको कार्यको विरोधी भएको बताएका छन् ।
सर्वसाधारण जनताबाट अवैज्ञानिक एवम् अव्यवहारिक कर असुल्ने कार्य तत्काल अन्त्य गरी समायोजन प्रक्रिया शीघ्ररुपमा अघि बढाउनसमेत उनीहरुले स्थानीय सरकार समक्ष माग गरेका छन् ।
स्थानीय सरकारले जनताको ढाड सेक्ने गरी गरिएको कर बृद्धिले जनता अक्रान्त बनेको र स्थानीय सरकारबाट राहत पाउनुको सट्टा सास्ती व्यहोर्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
र्यालीमा सहभागीहरुले करको नाममा स्थानीय सरकारले वार्षिकरुपमा कर तिर्नकै लागि जग्गा जमिन बेच्नुपर्नै, विदेश जान बाध्य पारेको यथार्थ सुनाएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई उनकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाइएको हो । वडा कमिटीका अध्यक्षद्वय प्रकाश खडका र दलबहादुर कट्टेल पार्टीका १ नम्बर क्षेत्रीय सदस्य विशेश्वरप्रसाद भट्टराईले संयुक्तरुपमा सो पत्र बुझाएका हुन् ।
यस्तै व्यहोराको ध्यानाकर्षण पत्र वडानम्बर १० का वडाध्यक्ष सुदय पनेरुलाई पनि उनकै कार्यकक्षमा बुझाईएको छ ।
यो शान्तिपूर्ण आन्दोलन भएको तर यसलाई स्थानीय सरकारले वेवास्ता गर्दै समयमै उचित सम्बोधन नगरे चरणबद्ध आनदोलनमा जाने र यसबाट हुने प्रतिकूल परिस्थितिको स्वयम् नगरपालिका जवाफदेही बन्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ ।
कनकाईमा पनि कर वृद्धिको विरोधमा कांग्रेसको ज्ञापन
कनकाई नगरपालिकाबाट भएको कर वृद्धिको बिरोधमा नेपाली कांग्रेस कनकाई नगर समितिले कनकाई नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र वुझाएको छ ।
नगरपालिकाले जनताको आयस्तरको ख्यालै नगरी कर वृद्धि गरेको भन्दै अविलम्व वृद्धि भएको कर घटाउनु पर्नेसहितका विभिन्न १३ बुँदे ज्ञापनपत्र कांग्रेसको नगर समितिले नगरप्रमुख राजेन्द्र पोखरेललाई बुझाएको हो ।
बुधबार नगर सभापति नेत्रप्रसाद चिमरियाको नेतृत्वमा विभिन्न भातृ संगठनका प्रतिनिधिसहति नगरप्रमुखको कार्यकक्ष मै गएर ज्ञापन पत्र बुझाइएको हो । कनकाई नगरबासीको गुनासोको प्रतिनिधित्व गर्दै कांग्रेसको अगुवाईमा ज्ञापन पत्र बुझाइएको कनकाई कांग्रेसको दावी छ ।
ज्ञापनपत्रमा सम्पत्ती कर र भूमिकर, मालपोत लिनुपर्नेमा एकीकृत सम्पत्ती करका नाममा अत्याधिक मूल्यांकन गरी कर बढाएको आरोप लगाइएको छ । यस्तै घरको मूल्यांकनमा ३३ दशमलव ३३ प्रतिशत र जग्गाको मूल्याङ्कन २३३ प्रतिशतसम्म बृद्धि गरी कर निर्धारण गरिएको पनि आरोप छ ।
ज्ञापनपत्र बुभ्mदै नगरप्रमुख पोखरेलले प्राप्त १३ बुँदे ज्ञापन पत्रप्रति आफू सकारात्मक रहेको बताएका छन् । आपसी सहमति र छलफलबाट आगामी दिनमा कर निर्धारण लगायतका अन्य कार्य गर्नका लागि पनि आफू सकारात्मक रहेको पोखरेलले बताएका छन् ।
Comments