Sajhamanch Archive

सिम्रिक साकोसका सदस्यलाई कात्तिकमा तीन लाख रुपैयाँभन्दा बढी उपचार राहत प्रदान

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by .

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना विभिन्न सेवा केन्द्र अन्तरगतका सदस्यहरुलाई मोटो रकम उपचार सहयोग प्रदान गरेको छ । सहकारी तथा लघुवित्त कार्यक्रममा समावेश भएका सदस्यहरुले शेयरमा योगदान एवम् बचत कारोबारमा निरन्तरताका आधारमा स्वास्थ्य उपचार सुविधा पाउने संस्थाको नीति रहेको जनाइएको छ ।

संस्थाका तालिम विभाग प्रमुख प्रेम बस्नेत विभिन्न सेवा केन्द्र प्रमुख एवम् कर्मचारीहरु सदस्यहरुको घरघरमा नै गएर एक हजारदेखि २८ हजार रुपैयाँसम्म उपचार राहत सहयोग हस्तान्तरण गरेका हुन् ।

जसअनुसार सुरुङ्गाका धान्यप्रसाद गुरागाईंको मिर्गौलाको उपचार गर्दा लागेको खर्चवापत २५ हजार रुपैयाँ र ६ दिनको अस्पताल बसाईको बेड चार्ज वापत ३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको सेवा केन्द्र प्रमुख इन्दिरा भट्टराइले बताएकी छन् । यसरी नै अर्का शेयर सदस्य भुवनेश्वरी कडरियाको सासूआमाको उपचारमा लागेको खर्चवापत सदस्य परिवारलाई १० हजार ५०० रुपैयाँ प्रदान गरिएको छ ।

सिम्रिक साकोसले शेयर तथा बचतको योगदानको आधारमा सदस्य र तिनका परिवारको उपचार खर्च प्रदान गर्ने नीति बनाएको छ । सो नीति बमोजिम गोलधाप सेवा केन्द्रका सदस्य राधिका भट्टराईको पाठेघरको शल्यक्रिया गर्दा लागेको खर्चको आधा १८ हजार ८५० रुपैयाँ प्रदान गरिएको सेवा केन्द्र प्रमुख गोपाल विष्टले जानकारी दिएका छन् ।

यता बिर्तामोड सेवा केन्द्रका प्रतिमा देवनाथलाई २२ हजार ५०० रुपैयाँ, शारदा ढुंगानालाई १९ हजार र अगमलाल राजवंशीलाई १७ हजार रुपैयाँ उपचार खर्चवापत प्रदान गरिएको छ । यसरी नै, बिर्तामोड सेवा केन्द्रका सदस्य शारदा ढुंगानाको उपचार खर्चवापत १९ हजार र वीरबहादुर सिलवालको श्रीमतीको उपचार खर्च वापत ९ हाजर ५०० रुपैयाँ प्रदान गरिएको छ ।

बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालले दिएको जानकारी अनुसार आफ्ना सदस्यहरु र तिनका परिवारको उपचारका लागि अस्पताल बस्नुपर्दाको बेडचार्ज वापत प्रतिदिन ५०० रुपैयाँका दरले सहयोग प्रदान गर्ने नीति छ । उनका अनुसार पछिल्लो हप्ता माथि उल्लेखित बिर्तामोड सेवा केन्द्र अन्तरगतका विभिन्न व्यक्तिहरुको उपचाराार्थ ७८ हजार भन्दा बढी सहयोग प्रदान गरिएको हो ।

सिम्रिक साकोसले टाघनडुब्बा सेवा केन्द्र अन्तरगत लघुवित्ततर्फका सदस्य मीनादेवी गणेशलाई २२ हजार ५००, दुवागढी सेवा केन्द्र अन्तरगतका सदस्य जानुका भुजेल खबासलाई २० हजार, गरामनी सेवा केन्द्रका सदस्य सुरेखा राईलाई १२ हजार ५०० रुपैयाँ उपचार खर्च सुविधा प्रदान गरिएको तालिम विभाग प्रमुख विजय बस्नेतले बताएका छन् ।

बस्नेतका अनुसार सिम्रिक साकोसले कात्तिक महिनामा मात्र तीन लाख तीन हजार २७३ रुपैयाँ उपचार सुविधा प्रदान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *