Sajhamanch Archive

मुक्तिनाथ बैंकलाई एक लाख युरोको माइक्रोेफाइनान्स अवार्ड

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by .

झापा । नेपालको मुक्तिनाथ विकास बैंक युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२० बाट पुरस्कृत भएको छ । विश्वका ३७ राष्ट्रबाट ७० वटा माइक्रोफाइनान्सले अवार्डमा सहभागिता जनाएका थिए । प्रतियोगिताको लागि छानिएका उत्कृष्ट तीनमध्ये नेपालबाट मुक्तिनाथ विकास बैंकसहित वेनिन र इथियोपियाका एक–एकवटा लघुवित्त संस्थाहरु रहेका थिए ।

लक्जमवर्गमा हालै आयोजित युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० मा उक्त तीन माइक्रोफाइनान्समध्ये नेपालको मुक्तिनाथ विकास बैंकलाई विजेता घोषित गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गद्वारा जारी प्रेस नोटमा उल्लेख छ । पुरस्कारको राशि नगद एक लाख युरो रहेको प्रेस नोटमा उल्लेख छ । सो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने जनाइएको छ ।

मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरिरहेको सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी अवार्डको प्रथम पुरस्कारबाट पुरस्कृत भएको प्रेस नोटमा जनाइएको छ ।

बैंकका शाखा नेपालका ४२ वटा जिल्लामा विस्तार गरिएको काँकरभिट्टा शाखा प्रमुख केशवकुमार अधिकारीले बताएका छन् । देशभरका १३८ वटा शाखाहरु मध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गरिँदै आएको अधिकारीले जानकारी दिए । साना तथा लघु बैंकिङ्ग अन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहकहरुले प्रत्यक्ष सेवा लिइरहेका र लघुवित्त क्षेत्रमा मात्र १७ अर्ब रुपैयाँभन्दा बढी लगानीमा रहेको बैंकको काँकरभिट्टा शाखा प्रमुख अधिकारीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *