Sajhamanch Archive

एनएमसीको २६औँ कार्यालय बुट्टाबारीमा

Published: in सहकारी by .

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनमएसी)को बुट्टाबारी सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

एनएमसीको २६औँ कार्यालयको रुपमा बुट्टाबारीमा कार्यालय उद्घाटन भएको हो । अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले सम्पर्क कार्यालयको ढोकामा लगाइएको रिबन काटेर उद्घाटन गरेका हुन् ।

नेपालमा एनएमसीले समुदायको अभियानमा मार्गदर्शकको भूमिका निर्वाह गरेको आफूले पाएको बताउँदै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख रानाले अर्जुनधारा नगर क्षेत्रमा खाद्यपदार्थमा विष नियन्त्रण गरी अग्र्यानिक उत्पादनतर्फ प्रवेश गरिने बताए । उनले समुदायमा सामाजिक सद्भाव, महिला हिंसा नियन्त्रण र बालमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताए ।

संस्थाको संक्षिप्त परिचय तथा वर्तमान अवस्थाको बारेमा एनएमसी सञ्चालक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिएका थिए । उप्रेतीले संस्थाको बैङ्किङ कारोबारसँगै अब बहुव्यावसायमा प्रवेश गरिसकेको स्पष्ट पार्दै डेरी उद्योगपछि नमूना कृषि परियोजनामा हात हालेको जानकारी दिए ।

बिर्तामोड कार्यालयगत समितिका अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा ११ का वडाध्यक्ष भैरव खड्का, समाजसेवी तेजबहादुर कन्दङ्वाले बोलेका थिए ।

मेदिनी न्यौपानेको स्वागत रहेको कार्यक्रम सञ्चालन बिर्तामोड कार्यालयका प्रमुख भूपाल गौतमले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *