Sajhamanch Archive

जामुनबारी सामुदायिक वनको अध्यक्षमा सिटौला, समितिमा मिश्रित सहभागिता

Published: in राजनीति, लोकप्रिय, समाज by .

कनकाई । झापाको कनकाईमा रहेको जामुनबारी सामुदायिक वन उपभोक्ता समूहको हिजो मंसिर १३ गते शनिबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । समितिको मुख्य ६ वटा पदका लागि भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलको नेतृत्व गरेका ख्याम सिटौला अध्यक्षमा निर्वाचित भएका छन् । ५३ मतको अन्तरले दोस्रो कार्यकालका लागि निर्वाचित सिटौलाले ४१९ मत प्राप्त गरी विजयी भएका हुन् ।

सिटौलाका प्रतिस्पर्धी प्रगतिशील विकासप्रेमी प्यानलको नेतृत्व गरेका विनोद राना मगरले ३६६ मत प्राप्त गरेका थिए । दुईजना उपाध्यक्षमा राना प्यानलका दिलकुमार राई र विष्णुप्रसाद ओली निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ३५२ र ३२८ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षको प्रत्यासीका रुपमा रहेका सिटौला प्यानलका वुद्धिमान बोहोराले २८९ र डबलबहादुर भण्डारीले ३०७ मत प्राप्त गरेका थिए । उपाध्यक्षकै लागि स्वतन्त्र तर्फका उम्मेद्वार धननारायण श्रेष्ठले १६१ मत प्राप्त गरेका छन् ।

सचिव र कोषाध्यक्षमा सिटौला प्यानलका क्रमशः मनिता राईले ४१० र यसनाथ अधिकारीले ४०४ मत प्र्राप्त गरी विजयी भएका छन् । सो पदका प्रत्यासी राना प्यानलका सिर्जु खरेलले ३५८ र बिदुर खड्काले ३४६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ऋषिकेश खतिवडाले जानकारी दिए ।

हिजो शनिवार बेलुका ८ बजेदेखि सुरु भएको मतगणना बिहान ३ बजे सम्पन्न भएको हो । वन समूहका ८४२ मतदाता रहेको निर्वाचनमा ७९६ मत खसेको निर्वाचन समितिका संयोजक खतिवडाले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *