झापा घरेलु तथा साना उद्योग संघमा नयाँ नेतृत्व, अध्यक्षमा काफ्लेसहित सिङ्गो नेतृत्व निर्विरोध
Published:
by .झापा । झापा घरेलु तथा साना उद्योग संघको सोमबार सम्पन्न नवौं जिल्ला सम्मेलनले आगामी तीन वर्षे कार्यकालका लागि निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघका अध्यक्ष जीवननाथ काफ्लेको अध्यक्षतामा सम्पन्न २८औं वार्षिक साधारणसभा तथा नवौं जिल्ला सम्मेलनले काफ्लेलाई नै पुनः एक कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । जिल्ला सम्मेलनलबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रभुषण साहा, उपाध्यक्षमा मधु बस्नेत, महासचिवमा डिल्लीराम सापकोटा, सचिवमा आशाकुमारी लिम्बू र कोषाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
निर्वाचन अधिकृत गोपाल काफ्लेका अनुसार झापा घरेलु तथा साना उद्योग संघको कार्यसमिति सदस्यहरुमा नरेश साहा, रोशिकला तामाङ, बुद्ध लिम्बू, टिकादेवी योङहाङ र कृष्णमाया योङ्या पनि निर्विरोध चयन भएका छन् ।
संघको हालै सम्पन्न बैठकले काफ्लेको संयोजकत्वमा सुमन शर्मा जमकट्टेल र पुनम बस्नेत सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया पूरा गरेर सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको संघको प्रदेश कमिटीका कोषाध्यक्ष रामबहादुर राना मगरले जानकारी दिएका छन् ।
संघको जिल्ला महिला समिति अध्यक्षमा चन्द्रकुमारी शाही, सचिवमा धनकुमारी कन्दङवा तथा सदस्यहरुमा मुना केरुङ, गंगा चर्मकार र सुम्निमा कन्दङवा पनि निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश प्रतिनिधिका रुपमा राजेश कोइराला, रामबहादुर रानामगर, सितादेवी उप्रेती र सुमित्रा बेघालाई चयन गरिएको छ भने केन्द्रीय प्रतिनिधिमा खगेन्द्रप्रसाद प्रसाईं, सरिता लिम्बू र मधुकर बस्नेत छानिएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश समितिका कोषाध्यक्ष रामबहादुर रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा महासचिव डिल्लीराम सापकोटाले संघको सांगठानिक गतिविधि तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।
संघका कार्यालय सचिव पुनम बस्नेतले सञ्चालन गरेको साधारणसभा कार्यक्रममा गृल व्यवसायी संघका खगेन्द्र प्रसाईं, महिला समिति अध्यक्षमा चन्द्रकुमारी शाही, जिल्ला संघका उपाध्यक्ष महेन्द्रभुषण साहा लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
Comments