नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा
२८औं वार्षिक साधारणसभा सम्बन्धी सूचना
मितिः २०७७।८।१०
संस्थाको २८औँ वार्षिक साधारणसभा कोभिड–१९ को वर्तमान विषम परिस्थितिमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय साथै सहकारी विभागद्वारा जारी परिपत्रसमेतका आधारमा तपसिल अनुसार गर्ने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. साधारणसभाका लागि तयार गरिएको प्रतिवेदन वि.सं. २०७७ मंसिर १० गते सार्वजनिक भई सोही मितिबाट सदस्यहरूलाई वितरण प्रारम्भ गरिएको छ । साथै सोही मितिमा संस्थाको वेबसाइट र फेसबुक पेजमा अपलोड गरिएकोछ ।
२. प्रतिवेदन संस्था अन्तर्गतका ४० वटै बैंकिङ कार्यालयहरूबाट कार्यालय समयमा प्राप्त गर्न सकिनेछ ।
३. संस्थाको तर्फबाट सार्वजनिक वा वितरित प्रतिवेदनमा उल्लेखित कुनै विषयमा आफ्ना सुझावहरू पेस गर्नुपर्ने भए सदस्यहरूले मिति २०७७ मंसिर २४ गते कार्यालय समयसम्ममा आफ्ना सुझाव, जिज्ञासा तथा टिप्पणीहरू लिखितरूपमा नजिकैको एनएमसी कार्यालयमा बुझाउन सकिनेछ ।
४. सुझाव पेस गर्दा सम्बन्धित कार्यालय वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा इमेल पनि गर्न सकिनेछ ।
५. वि.सं. २०७७ मंसिर २७ गते शनिबार साधारणसभाको आयोजना गरिनेछ ।
६. साधारणसभाको माइन्युट प्रमाणित प्रयोजनका लागि संस्था अन्तर्गतका सबै कार्यालयहरूबाट एक÷एक जना प्रतिनिधि छनोट गरिनेछ ।
७. छनोट भएका प्रतिनिधिहरूले मंसिर २४ गतेभित्र आ–आफ्नो कार्यालयसँग सम्बन्धित टिपोट तथा सुझाव लिखितरुपमा सम्बन्धित कार्यालय मार्फत कर्पाेरेट कार्यालयको इमेल ठेगाना [email protected] मा इमेल गर्नु पर्नेछ ।
८. प्रत्येक कार्यालयबाट माइन्युट प्रमाणितका लागि छनोट भएका प्रतिनिधिहरुले साधारणसभामा उपस्थित हुँदा आ–आफ्नो कार्यालयमा भएका छलफलको टिपोट एवम् उठाइएका जिज्ञासा तथा टिप्पणीसहित उपस्थित भई उक्त विषयहरूलाई प्रस्तुत गर्नु पर्नेछ ।
९. साधारणसभाको विद्युतीय माध्यम (टेलिभिजन/एफएम/सामाजिक सञ्जाल) मार्फत प्रत्यक्ष प्रशारण गरिनेछ ।
– प्रमुख कार्यकारी अधिकृत
Comments