साविक सिनाम गाविस पूर्ण खोपयुक्त
Published:
by .ताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिका वाड नं १ साविक सिनाम गाविस पूर्ण खोपयुक्त घोषणा भएको छ ।
ताप्लेजुङ्ग जिल्लाकै ५१औं वडा र साविक ३९औं गाविसको रुपमा सिनाम एक नम्बर वडालाई पूर्ण खोपयुक्त घोषण गरिएको हो । गाउँपालिकामा रहेको ८ वटा वडामध्ये पाँचौ वडाको रुपमा सो वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।
जन्मेदेखि १५ महिनासम्मका २७ जना बालबालिकालाई दादुरालगायत सबै खोप दिइसकेको र आगामी समयमा पनि बालबालिकालाई नछुटाई खोप लगाउने स्वास्थ चौकीले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै संविधानसभाका सदस्य भुप्रेन्द्र थेवेले पूर्ण खोप घोषणा भएकोमा खुशी ब्यक्त गर्दै आफ्ना बालबालिकालाई निरोगी, सबल र सक्षम बनाउन आग्रह गरे ।
उनले समृद्धि र विकास अबको आवश्यकता भएको बताए ।
थेवेले जनताका गुनासो सुन्ने बताउँदै जनतालाई समृद्धिका माध्यमबाट निरोगी, खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको पनि बताए ।
त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले सो वडा भौगोलिक दृष्टिले विकट रहेको भन्दै राज्यले दिएको सेवा सुविधा खोजी खोजी प्रयोग गर्न वडाबासीलाई आग्रह गरे ।
उनले आफ्नो स्वास्थ्यको ख्याल राख्दै बर्थिङ सेन्टर नजिकै भएकाले सुत्केरीहरु सबैलाई वर्थिङ सेन्टरमै गएर प्रसुती गराउन आग्रह समेत गरे ।
Comments