Sajhamanch Archive

दुर्गापुरमा बालबालिकाको लागि आँँखा शिविर

Published: in राष्ट्रिय समाचार by .

कनकाई । कनकाई नगरपालिका वडा नं. १ मा हरेक शनिबार सञ्चालन गरिँदै आएको ‘रचनात्मक अभियानमा बालबालिका’ कार्यक्रम आज अझ रचनात्मक तरिकाले अघि बढाइएको छ ।

अक्सफोर्ड एकेडेमिक सेन्टर प्रालिको व्यवस्थापनमा गत जेठ १९ गतेदेखि सञ्चालित अभियान अन्तरगत आज बालबालिका तथा तिनका अभिभावकको आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरिदिएको आँखा स्वास्थ्य शिवीरको सूरुवात ३ वर्षीय बालक निश्चल गजमेर र ७९ वर्षीया लक्ष्मी ढकालको आँखा परीक्षणबाट भएको हो ।

बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित आँखा शिविरको नेतृत्व नेत्र अधिकृत बिनोद दाहालले गरेका थिए ।

शिविरको उद्घाटन गर्दै नगरप्रमुख पोखरेलले बालबालिकालाई व्यवहारिक ज्ञानसँगै संस्कार, संस्कृति एवम् परम्परागत मान्यतालाई सिकाइको विषय बनाउन आग्रह गरे ।

 

सो अवसरमा नेत्र अधिकृत दाहालले सहभागीको आँखा परीक्षण गरिने, सामान्य औषधिले समाधान हुनेभए निशुल्क औषधि दिइने र जटिल समस्या पाइएमा अस्पतालमा बोलाइने जानकारी दिए ।

आयोजक समूहका मिलन दाहालले सञ्चालन गरेको कार्यक्रमको आचित्यबारेमा सरोज पौडेलले प्रकाश पारेका थिए ।

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष पर्शुराम गिरी, वडा नं. ७ का अध्यक्ष लिला कन्दङवा, साझामञ्चका सम्पादक गोपाल काफ्लेलगायतले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *