महाधिवेशन तयारीका लागि राप्रपाले बोलायो कार्यसम्पादन बैठक
Published:
by .काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते काठमाडौंमा बस्ने भएको छ ।
शनिबार अध्यक्षय कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच भएको बैठकले कार्यसम्पादन समितिको बैठकको टुङ्गो लगाएको हो । तीन अध्यक्षको बैठक महाराजगन्जस्थित पशुपतिशमशेर राणाको घरमा बसेको थियो ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टी संगठनको सुदृढीकरण, आगामी एकता महाधिवेशनको तयारी र भावी संघर्षका कार्यक्रमलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
राप्रपा र राप्रपा संयुक्तको एकतापछि गठन भएको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको दोश्रो बैठक हो । यसअघि गत असोजमा बैठक भएको थियो ।
अनलाइनखबर
Comments