Sajhamanch Archive

ललिता निवास प्रकरण विशेष अदालतमा हाजिर भए दीप बस्नेत

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका आरोपित एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्नेत विशेष अदालतमा हाजिर भएका छन् ।

कानुन व्यवसायीसहित बस्नेत अदालतमा हाजिर भएपछि हाल बयान लिने कार्य जारी रहेको उप–रजिष्टचार पुष्पराज पाण्डेले बताए । बस्नेतको आइतबारै थुनछेक बहस हुनसक्ने जनाइएको छ ।

बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा संलग्न भएको आरोप लागेपछि बस्न्यातसहित १७५ जनाविरुद्ध २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । बस्नेतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *