Sajhamanch Archive

सेञ्चुरी कमर्सियल बैंकले ५.२५% लाभांश वितरण गर्ने

Published: in अर्थतन्त्र by .

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आब २०७६ र ७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । २९ मंसिरमा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताब गरेको छ ।

सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको १०औं वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।
                                                                                                                                                          साभार

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *