Sajhamanch Archive

पुस १० देखि सिनेमा हल सञ्चालन गर्ने निर्णय

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by .

विराटनगर । नेपाल चलचित्र संघले पुस १० गतेदेखि सिनेमा चलचित्र हल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

कोरोना कहरका कारण बन्द भएका सबै क्षेत्र सञ्चालनमा आएर चलायमान भइसक्दा पनि सरकारले सिनेमा हल सञ्चालन गर्न नदिएकोभन्दै संघले आपत्ति जनाइरहेको छ । संघले स्वास्थ्य सम्बन्धी पालना गर्नुपर्ने सबै सावधानी अपनाएर हल खोल्ने निर्णय गरेको हो । सरकारसँग पटकपटक आग्रह गर्दा हल खोल्ने कुनै नीति निर्णय नआएपछि आक्रोशित भएर सिनेमाकर्मीहरुले हल सञ्चालन गर्ने निर्णय गरेका हुन्।

संघले विज्ञप्ती सार्वजनिक गर्दै सरकारलाई बुदाँगत रुपमा दबाब दिएको छ। संघले हवाई, बस व्यवसाय, होटल, रेष्टुरेन्ट, मन्दिर लगायत अन्य क्षेत्र पूर्ण रुपमा सञ्चालन भइसकेकोमा सिनेमा क्षेत्र सञ्चालनको लागि सरकारबाट केही कदम नचालिएको भन्दै गुनासो गरेको छ। तर विद्यालयदेखि लिएर भीडभाड अत्याधिक हुने सबै क्षेत्र चलायनमान हुँदा पनि हल सञ्चालनमा सरकार बाधक बनेको ठहर संघले गरेको छ ।

हल सञ्चालन गर्न नदिए पुस १० बाट चरणवद्ध आन्दोलनमा उत्रने निर्णय उसले सार्वजनिक गरेको छ । विज्ञप्तीमा मनोरञ्जन कर खारेज गर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, चलचित्र विकास शूल्क खारेज हुनुपर्ने, चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामाग्रीहरु भन्सार महशुल छुट हुनु पर्ने, चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रको रुपमा सम्बोधन गर्नुपर्ने माग राखिएको छ।
कोसीअनलाइन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *