Sajhamanch Archive

आज राष्ट्रिय झण्डा दिवस बिभिन्न कार्यक्रमका साथ मनाइदैं

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ – आज पुष १ गते विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुष १ गते देखि यो दिवस मनाउँदै आएको छ । २०१९ पुष १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुष १ गते देखि राष्ट्रिय झण्डा दिवसको रुपमा मनाउँदै आएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डा पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले सो दिवस मनाइएको जानकारी दिनुभयो । पछिल्लो समय विभिन्न नारा, जुलुसमा राष्ट्रिय झण्डाको प्रयोग भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने माण्डव्यको भनाइ छ ।

राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उहाँले बताउनुभयो । ‘राष्ट्र, राष्ट्रियता, स्वाधिनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारा सहति दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।
                                                                                                                                                                                                   उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *