Sajhamanch Archive

इनरुवा अस्पताल विकास समितिले पायो पूर्णता

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

विराटनगर । सुनसरीको इनरुवा अस्पताल व्यवस्थापन समितिका ५ सदस्यलाई मनोनित गरिएको छ । प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार मन्त्रीस्तरीय निर्णयले अस्पताल व्यवस्थापन समिति गठन गरिएको हो ।

अस्पताल व्यवस्थान समिति सदस्यहरुमा पर्शुराम यादव, धिरा राई, रामप्रसाद मेहता, ध्रुवनारायण पण्डित र तोयादेवी गिरी पोद्धारलाई मनोनित गरिएको सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाईले जानकारी दिएका हुन् । मनोनित सदस्यहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले इनरुवा अस्पतालको विकास र विस्तारमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रदेश १ जनस्वास्थ्य ऐनमा सरकारी अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा १३ सदस्यीय व्यवस्थापन समिति गठन गर्ने व्यवस्था छ ।

व्यवस्थापन समितिमा सम्बन्धित स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख वा प्रतिनिधि, स्वास्थ्य कार्यालय प्रमुख, उद्योग वाणिज्य संघको प्रमुख, जिल्ला रेडक्रस सोसाइटीका प्रमुख पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *