पुष १० गतेदेखि इटहरीलाई सडक मानव मुक्त बनाइने !
Published:
by .इटहरी । सुनसरीलाई सडक मानव मुक्त बनाउन पुष १० गते इटहरीमा वृहत कार्यक्रम गरिने भएको छ ।
प्रदेश १ सरकारले प्रदेशलाई सडक मानवमुक्त वनाउने अभियान अन्तरगत सुनसरी जिल्लामा पुष १० गते कार्यक्रम गर्न लागिएको हो । इटहरी उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, सुनसरीका स्थानीय पालिकाहरु र मावन सेवा आश्रमको सहकार्यमा सुनसरीलाई सडक मानव मुक्त बनाउन लागिएको हो ।
यही पुष १० गते शुभारम्भ पार्टी प्यालेस इटहरीमा हुने कार्यक्रममा सुनसरीका १२ वटै पालिकाका सडक मानवहरुलाई भेला गराएर नुहाइ दिने, केश काटिदिने र नयाँ लुगा प्रदान गरेर सहभोज गर्ने कार्यक्रम छ । उपप्रमुख गौतमका अनुसार सहभोजमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुखको सहभागिता रहने छ ।
कार्यक्रमको ब्यवस्थापन इटहरी उपमहानगरले गर्ने जनाइएको छ । कार्यक्रम पछि सडक मानवहरुलाई मानव सेवा आश्रम बिराटनगरमा राखिने छ ।
Comments