Sajhamanch Archive

प्रदेश १ मा १०० डिस्चार्ज, ६३ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, स्थानीय तह, स्वास्थ्य by .

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ४९५ पुगेको छ ।

प्रदेश १ मा आज ६३ जना संक्रमित थपिएका छन् । मोरङमा ३३, सुनसरीमा १८, झापामा ३, उदयपुर र तेह्रथुममा २–२ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २३, बुढीगंगामा ४, बेलबारी, कानेपोखरी, रंगेली, धनपालथान, कटहरी र सुनबर्षीमा १–१, सुनसरीको धरानमा ११, इटहरीमा ३, इनरुवा, गढी, दुहवी र रामधुनीमा १–१ जनामा कोरोना भाइरस संक्रमणको पसष्टि भएको छ ।

यसरी नै झापाको मेचीनगरमा २ र दमकमा १ जनामा, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४८९ पुगेको छ ।

प्रदेश १ मा आज ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ५ हजार ५५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *