चारआली–मेचीकिनार पेट्रोलियम पाइपलाइन सर्भेक्षण
Published:
by .मेचीनगर । झापाको चारआलीदेखि भारतको सिलगुढीसम्म पेट्रोलियम पाइपलाइन विस्तारको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन समूहले सर्वेक्षण सम्पन्न गरेको छ ।
सर्वेक्षणले चारआलीदेखि मेची भन्सार हुँदै भारतीय सीमा सम्म नेपाल तर्फको १५ किलोमिटर पाइपलाइनको ‘रुट’ पहिचान गरेको जनाइएको छ ।
संयुक्त अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको पनि लेआउट तयार गरेको छ । अब डीपीआर तयार हुनेछ । पाइपलाइनबाट आएको पेट्रोलियम पदार्थलाई चारआलीमा भण्डारण गरिने छ ।
कूल ४१ हजार ६५० किलोलिटर क्षमताको पेटोलियम पदार्थ भण्डारण निर्माण हुनेछ । जसमा १२ हजार किलोलिटर पेट्रोल, २८ हजार किलोलिटर डिजेल, ४०० किलोलिटर मट्टितेल र १२०० किलोलिटर हवाई इन्धन भण्डारण क्षमताको निर्माण गरिनेछ ।
उक्त क्षमतामा भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश १ लाई ९० दिनसम्म पुग्ने आयल निगम सम्बद्ध अधिकारीहरुको भनाई छ ।
Comments