Sajhamanch Archive

एकै दिनमा विश्वभर ६ लाख ७८ हजार सङ्क्रमित, १३ हजारको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by .

विराटनगर । कोरोना सङ्क्रमणका कारण विश्वमा एकै दिन १३ हजार ३ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ७८ हजार कोरोना सङ्क्रमित थपिदा १३ हजार ३ सय ४७ जनाको मृत्यु भएको हो ।

वोल्डोमिटरको तथ्याङ्क अनुसार कोरोनाबाट अति प्रभावित अमेरिकामा सबैभन्दा बढी सङ्क्रमित थपिएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा दुई लाख ३० हजार कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधीमा तीन हजार ३ सय ५७ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख १५ हजार पुगेको छ । तीन लाख ३४ हजारको मृत्यु भइसकेको छ ।

कोरोना प्रभावित देशहरुको सूचीको दोस्रो स्थानमा रहेको भारतमा एक करोड १ लाख २३ हजार कोराना सङ्क्रमित छन् । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधीमा तीन सय २ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट प्रभावित देश ब्राजिलमा ४६ हजार, रुसमा २७ हजार, फ्रान्समा १४ हजार, बेलायतमा ३९ हजार कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या सात करोड ९० लाख ३१ हजार पुगेको छ । मृत्यु हुनेको संख्या भने १७ लाख ३६ हजार पुगेको छ ।

कोसीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *