Sajhamanch Archive

तरकारीको डिजिटल कारोबार सुरु गरे गभर्नर अधिकारीले

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । अब सामान्य तरकारी बजारमा तरकारी पनि डिजिटल कारोबारबाट खरिद गर्न पाइने भएको छ । शुक्रबार क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी नक्सालको तरकारी बजारमा यसको सुरुआत भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर यसको सुरुवात गरे । गभर्नर अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी गरे ।

नक्साल तरकारी बजारमा सानिमा बैंकको सक्रियतामा क्यूआर पेमेन्टको सुरुआत भएको हो । बजार क्षेत्रमा भायनेटले निशुल्क इन्टरनेट समेत उपलब्ध गराएको छ ।

यहाँ तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यता हटेको छ । गभर्नर अधिकारीले डिजिटल कारोबारलाई बढाउन अब देशैभर क्यासलेस कारोबार लैजाने बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि चाडैं यो व्यवस्था गरिने उनले बताए । पहिलो चरणमा नक्सालमा सुरु भए पनि चाडैं देशभर पुग्ने उनले बताए ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको अभियान सफल बनाउन सहयोग गर्ने बताए । सुरक्षित र भरपर्दो भएको कारण पनि डिजिटल कारोबार नै रोज्न उनको सुझाव छ ।
अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *