Sajhamanch Archive

केर्खामा कर शिक्षा सम्बन्धी अन्तरक्रिया

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

कमल । आन्तरिक राजश्व कार्यालय दमकको आयोजना तथा कमल उद्योग वाणिज्य संघको व्यवस्थापनमा आज शुक्रबार कमल गाउँपालिकाको केर्खामा कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

“स्वस्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ कमल गाउँपालिकामा व्यापार व्यावसाय तथा उद्योग सञ्चालन गर्ने व्यवसायीसँथ अन्तरक्रिया गरिएको हो ।

व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर लिने प्रक्रिया, खरिद बिक्री खाता, सामान खरिद बिक्री गर्दा अनिवार्य विल विजक लिनु दिनुपर्ने, आर्थिक ऐन २०७७ ले गरेका विषेश छुट व्यवस्था, करचुक्ता विवरण लगायतका विषयमा आन्तरिक राजश्व कार्यालय दमकका कर अधिकृत देवेन्द्रकुमार लिम्वूले सहजीकरण गरेका हुन् ।

सो कार्यक्रममा सरकारको बजेट भाषणमा उल्लेख भएअनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्ममा कर विवरण भर्न छुट भएका करदाताले विवरण बुझाएमा स्किम अनुसार व्याज र हर्जाना छुट हुने आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख डमरु पराजुलीले बताएका छन् ।

कार्यक्रममा व्यवसायीका तर्फबाट अग्निप्रसाद कोइराला, राम दाहाल, युवराज पाठक, एपिलाल इङ्नाम लगायतले व्यवसाय सञ्चालन गर्दा कर सम्बन्धी देखिएका समस्याका बारेमा जिज्ञासा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *