सदस्य परिवारलाई मृत्यु राहत दिँदै गरामनी कृषि सहकारी
Published:
by .बिर्तामोड । यहाँस्थित बिर्ताबजारमा रहेको गरामनी कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यको मृत्युमा राहत प्रदान गर्न थालेको छ । हालै रहस्यमय मृत्युवरण गरेकी दिनो राजवंशीका परिवारलाई संस्थाले १० हजार रुपैयाँ राहत प्रदान गरेको हो ।
काममा गएका श्रीमानका लागि घरबाट खाना लिएर जाँदै गर्दा गत पुष ५ गते साँझ अकल्पनीय निधन भएकी दिनो राजवंशीका परिवारलाई राहत प्रदान गरिएको हो । मृतक दिनो संस्थाका कर्मचारी टिनो राजवंशीकी आमा तथा शेयर सदस्य वीरबल राजवंशीकी पत्नी थिइन् । शोकको घडीमा संस्था परिवार घरमै आएर राहत रकमसमेत दिएकोमा मृतकका श्रीमान वीरबलले आभार प्रकट गरेका थिए ।
सहकारीको सदस्यप्रतिको दायित्वलाई दृष्टिगत गरी सामाजिक उत्तरदायित्व निर्वाहा गर्न थालिएको संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईले बताएका छन् । अध्यक्ष चापागाईंको नेतृत्वमा सञ्चालक समिति, लेखा समिति एवम् कर्मचारीहरु राजवंशी निवास पुगेर मृत्यु राहतसहित समवेदना अर्पण गरेका हुन् ।
Comments