Sajhamanch Archive

सतासीमा साधारणसभा प्रतिनिधि छनोट सुरु

Published: in सहकारी by .

हल्दिबारी । श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोडको १५औं वार्षिक साधारणसभाको लागि आज सोमबारदेखि प्रतिनिधि छनोट गर्न थालिएको छ ।

संस्थाको साधारणसभा कार्यविधि अनुसार १० जना शेयर सदस्य बराबर १ जनाको अनुपातमा प्रतिनिधि छनोट कार्यक्रम सुरु गरिएको अध्यक्ष रुद्रमणि श्रेष्ठले बताए ।

आज हल्दिबारीको रेडक्रस भवनमा आयोजित प्रतिनिधि छनोट कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले सहकारी नीति तथा कार्यविधि अनुसार एक सदस्य एक संस्थाको आधारमा कारोबार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सदस्यहरुलाई हल्दिबारी इकाई संयोजक धनबहादुर श्रेष्ठले शब्दले स्वागत गरेका थिए ।

आगामी असोज १ गते हुने १५औं वार्षिक साधारणसभाका लागि भदौ ६ गते धुलाबारीमा, ८ गते सुरुङ्गामा, ९ गते बिर्तामोडमा र ११ गते अर्जुनधारामा प्रतिनिधि छनोट गरिने कार्यतालिका तय गरिएको प्रबन्धक श्रेष्ठले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *