Sajhamanch Archive

१० करोड नागरिकलाई पदभार सम्हालेको सय दिनभित्र खोप दिने बाइडेनको घोषणा

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाण्डौ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइसक्ने घोषणा बताएका छन् ।

आउँदो जनवरी २० मा पदभार ग्रहण गरेको दिनदेखि १०० दिनभित्र १० करोड व्यक्तिलाई खोप लगाउन अहिले उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले बढाउनुपर्ने उनको दाबी रहेको छ । उहाँले आफूले यसअघि नै घोषणा गरेको खोपको लक्ष्य पूरा गर्न ट्रम्प प्रशासनले चासो नदेखाएको बताएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप वितरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अहिले गरिरहेको कामप्रति पनि उनले आलोचना व्यक्त गरेका छन् । ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड नागरिकलाई खोप लगाउने लक्ष्य लिए पनि त्यसअनुसार काम नगरेको भन्दै बाइडेनले असन्तुष्टि व्यक्त गरेका छन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *