Sajhamanch Archive

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

Published: in राजनीति by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ। प्रतिनिधिसभा विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बैठक बस्न लागेको हो। बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ।

प्रचण्ड–नेपाल पक्षले बैठकपछि आज अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। संसद पुनःस्थापनाको माग गरिरहेको प्रचण्ड–नेपाल पक्षले आगामी आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको छ।
                                                                                                                        नागरिकदैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *