एसईईको आवेदन फारम माघ २१ गतेभित्र भरिसक्नुपर्ने, परीक्षा मिति र विधिबारे निर्णय हुनै बाँकी
Published:
by .काठमाण्डौ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिस्ट्रेशन र आवेदन फारम खुलाए पनि परीक्षा मिति र परीक्षाको विधिबारे भने अझै टुंगो लगाउन सकेको छैन ।
चैतमा हुँदै आएको एसईईको परीक्षा जेठमा गर्ने तयारी भए पनि यसबारे निर्णय हुन बाँकी छ । चैत, वैशाखसम्म विद्यार्थीलाई पढ्नका लागि समय दिनुपर्ने भएकाले जेठ महिनामा परीक्षा लिन उपयुक्त हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले त्यसैअनुसार तयारी भइरहेको जनाएको छ । तर परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने चाहिँ निर्णय भइसकेको छैन ।
एसईईको मिति र विधिबारे निर्णय हुनै बाँकी, आवेदन फारम माघ २१ गतेभित्र भरिसक्नुपर्ने
विद्यार्थीको भौतिक उपस्थिति, अनलाइन या अरु कुन माध्यमबाट सञ्चालन गर्ने भन्नेबारे छलफल भइरहेको बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा समावेश हुनका लागि आजदेखि माघ २१ गतेसम्म रजिस्ट्रेशन र आवेदन फारम भरिसक्न बोर्डले सूचना निकालेको छ ।
उज्यालो
Comments