Sajhamanch Archive

बिर्तामोडमा खुल्यो ‘मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन’

Published: in अर्थतन्त्र, लोकप्रिय by .

बिर्तामोड । बिर्तामोडको भद्रपुर रोडस्थित ३६५ क्याफे भएको स्थानमा ‘मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन’ सञ्चालनमा ल्याइएको छ । नयाँवर्ष सन् २०२१ को अवसर पारेर थकाली किचन सञ्चालन गर्न लागिएको प्रोप्राइटर नेत्र न्यौपानेले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

थकाली किचनमा स्वादिष्ट, स्वास्थवर्धक र अर्गानिक परिकार खुवाउने मुख्य उद्देश्य रहेको उनको भनाई छ । मिठो रेष्टुरेन्ट एण्ड थकाली किचनमा १२० जनासम्मलाई एकसाथ सेवा प्रवाह गर्न सकिने सञ्चालकको दावी छ ।

छुट्टै सभा हलसहित नेपाली विभिन्न परिकारका खाना तथा खाजाहरु पहिलो प्राथमिकतामा राखेर थकाली किचन सुरु गर्न लागिएको हो । अब साँच्चै थकाली खानाको स्वाद लिन अन्यत्र गइरहनु पर्दैन ‘मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन’ले वास्तविक स्वाद पस्कनेछ, प्रोप्राइटर न्यौपानेले पत्रकार माझ दावी गरेका छन् ।

६० लाख रुपैयाँ भन्दा बढी लगानी गरेर सञ्चालनमा ल्याइएको सो रेष्टुरेन्टमा ८ जनाले रोजगारी पाएका छन् भने आवश्यकता अनुसार थप गर्दै जाने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *