प्रदेश २ नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
Published: (Updated: )
by .जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।
ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए ।
प्रदेश २ मा नेकपाका ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड–नेपाल पक्षले बताएको छ ।
कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए ।
आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने र नेता मण्डलले त्यसमा फेस गर्न नसके तत्कालै हटाइने सांसद महतोले बताए ।
नागरिक दैनिक
Comments