संसद विघटनविरुद्ध लालटिन बालेर विद्यार्थी संगठनको विरोध प्रदर्शन
Published:
by .काठमाडौं । संसद् विघटनविरुद्धको दोस्रो चरणको आन्दोलन अन्तर्गत नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन जुलुस निकालेको छ ।
संसद् विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै विभाजित अनेरास्ववियुको एउटा समूह लालटिन जुलुससहित सडकमा आएको हो ।
माइतीघरबाट सुरु भएको जुलुस बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको छ । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद् विघटनको धारा खै ’, ‘सरकारले दिउँसै रात पार्यो’ लगायत नारा तथा ब्यानरसमेत प्रदर्शन गरेका छन् ।
अनेरास्ववियुले आज माइतीघर मण्डलमा प्रधानमन्त्रीले दिउँसै रात पारेको भन्दै उज्यालोको खोजीमा लालटिन जगाउनु परेको विद्यार्थीहरूले बताएका छन् ।
प्रचण्ड–नेपाल समूहको अनेरास्ववियुले काठमाडौंको माइतिघर मण्डलादेखि नयाँ वानेश्वरसम्म लालटिन बालेर विरोध प्रदर्शन गरेको थियो ।
बाह्रखरी
Comments