Sajhamanch Archive

कमल गापामा झापा जिल्लामै धेरै कुष्ठ रोगी

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । पछिल्लो समय झापामा कुष्ठरोगीको संख्या बढ्न थालेको स्वास्थ्य सम्बद्ध अधिकारीहरुले जनाएका छन् । कुष्ठ रोग रोकथाम र जिल्लालाई रोगमुक्त क्षेत्र बनाउनका लागि स्वास्थ्य कार्यालय झापाले स्थानीय तहसँगको सहकार्यमा अभिमुखीकरण कार्यक्रमलाई तिब्रता पनि दिएको छ ।

“कुष्ठ रोगी, तिनको परिवार र छिमेकीको सम्पर्क परीक्षण तथा रोग विस्तारका लागि स्वस्थ्यकर्मी अभिमुखीकरण कार्यक्रम” सञ्चालन गर्ने क्रममा स्वास्थ्य कार्यालय झापाले कमल गाउँपालिकाकामा तालिम दिएको हो । स्वास्थ्यकर्मी र स्वास्थ्य चौकी सञ्चालन व्यवस्थापन समिति तथा महिला स्वयमसेविकालाई छुट्टाछुट्टै तालिम प्रदान गरिएको छ ।

पछिल्लो समय नेपालमा कुष्ठरोग प्रकोप तिब्ररुपमा बढेको छ । त्यसमा झापा जिल्ला देशको पहिलो नम्बरमा पर्ने जनाइएको छ । जिल्लाको कमल गाउँपालिकामा कुष्ठ रोगीहरुको संख्या अग्रस्थानमा रहेको स्वस्थ्य कार्यालय झापाको भनाई छ ।

पछिल्लो समय बच्चामा समेत यो रोग देखिनुले रोगको संक्रमण दर अझ बढ्न सक्ने स्वस्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले बताए । कमल गाउँपालिकामा नयाँ रोगी फेला परेसँगै यसले विकराल अवस्था निम्त्याउन सक्ने सम्भावना छ ।

हाल गाउँपालिकामा कुष्ठ रोगीको संख्या ११ छ जसमा ८ जना बिरामीले औषधी सेवन गर्दैछन् भने ३ जना बिरामी निरन्तर औषधी सेवन पछि निको भएका कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *