Sajhamanch Archive

सैलुङ भर्चुअल तेक्वान्दोको तयारी सम्पन्न

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । जनवरी ८ बाट सञ्चालन हुने सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगितामा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २०० खेलाडीको सहभागिता रहने छ । त्यसमा १२० पुरुष र ८० महिला खेलाडी रहेको आयोजक डोजाङका प्रमुख नोर्बु मोक्तानले बताएका छन् ।

पुरुष – महिलामा समान सात-सात गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष- महिला दुवैमा १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष, १८–३० वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेर समूहमा खेलाडीले आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।

प्रतियोगिताको सम्पूर्ण खर्च सैलुङ गाउँपालिकाले व्यहोर्ने डोजाङ प्रमुख मोक्तानले जानकारी दिए ।

सहभागीले बढीमा एक मिनेट ३० सेकेन्डको भिडियो आयोजकलाई पठाउनुपर्ने प्रावधान छ । आज (जनवरी ६) भिडियो पठाउने अन्तिम दिन हो ।

‘मोस्ट पपुलर खेलाडी’ लाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । यो विधा चयनका लागि सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिने भएको छ । सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उक्त विधाबाट पुरस्कृत गरिनेछ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *