धनगडीमा टायर बालेर प्रधानमन्त्रीलाई विरोध प्रदर्शन
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी जाने कार्यक्रमको विरोध गर्दै टायर बालेर प्रदर्शन भएको छ ।
ओलीको विरोधमा जिल्ला प्रशासन, सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्च नजिक नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट अनेरास्ववियूका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्रीका लागि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । ओली समूहको भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Comments