राष्ट्रियस्तरका विकास बैंक आरटीजीएसमा प्रत्यक्ष आबद्ध
Published: (Updated: )
by .काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरु पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस मा प्रत्याक्ष रुपमा जोडिएका छन् ।
यसअघि, आरटीजीएसमा २७ वटा वाणिज्य बैंकहरु आबद्ध रहँदै आएकोमा आजदेखि थप आठवटा राष्ट्रियस्तरका विकास बैंक र दुईवटा वित्त कम्पनीसमेत प्रत्यक्षरुपमा आबद्ध भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
आरटीजीएसमा प्रत्यक्षरुपमा जोडिएका विकास बैंकहरुमा ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र गरिमा विकास बैंक रहेका छन् ।
यस्तै, वित्त कम्पनी आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स पनि आरटीजीएस सिस्टममा आबद्ध भएको राष्ट्र बैंकले बताएको छ ।
बाह्रखरी
Comments