बसभित्रै आज एक यात्रुको निधन
Published: (Updated: )
by .दमक। झापाको केरखाबाट बिराटनगरका लागि बस चढेका एक युवकको यात्रा क्रममा नै मृत्यु भएको छ । आज आइतबार बिहान केरखाबाट बस चढेर बिराटनगर गएका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् ।
जनसेवा यातायात प्रालिको मे १ ख ३३३३ नम्बरको बसमा चढेका निजलाई बसका कर्मचारीले मृत भेटाए पछि प्रहरीलाई खबर गरेका थिए । मृत भेटिएका युवक उपचारका लागि विराटनगर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताएका छन् ।
प्रहरीका अनुसार ती युवक मिर्गौला रोगी हुन् । उनी उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए ।
बसको सिटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा पनि सोही बसमा आउजाउ गर्ने बसका कर्मचारीले जनाएका छन् । बसभित्रै मृत भेटिएका युवकको साथमा रहेको मोबाइलबाट प्रहरीले आफन्तलाई खबर गरेको थियो ।
Comments