Sajhamanch Archive

झापा इनर्जी लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

झापा । सौर्य विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले झापामा नेपालकै ठूलो सौर्य विद्युत परियोजनाको काम द्रुतगतिमा अघि बढाएको छ ।

१० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित स्थापना गरिएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरिसकेको जनाइएको छ ।

झापा इनर्जी लिमिटेडको दोश्रो वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष एवम् निवर्तमान संघीय सांसद् लालबहादुर सावाले शिवसताक्षी नगरपालिका वडा नं. ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रति बिगाहा २० लाख रुपैयाँका दरले जग्गा खरिद गरिएको बताएका हुन् ।

आयोजनाको कूल लागत ७९ करोड रुपैयाँ रहेकोमा ६० करोड बैङ्क कर्जामार्फत स्रोत व्यवस्थापन गर्नेक्रममा रहेको उनले जानकारी दिए । कम्पनीले एक लाख रुपैयाँदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ ।

‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईको भनाई छ ।

उनका अनुसार आगामी वर्षको पुषबाट व्यवसायिक उत्पादन सुरुगर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिएका छन् ।
सो कम्पनीबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई प्रति युनिट ७ रुपैयाँ ३० पैसाका दरले विक्री गर्ने कम्पनीको योजना सुनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *