माघ १ गते सरकारले सार्वजनिक बिदा दिने
Published: (Updated: )
by .काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यो बिदा थारु जातीका लागि होइन, अरु जातीले पनि मनाउँछन् ।
‘जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ’ राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।
Comments