आगलागीका कारण दमकमा एक जनाको निधन
Published:
by .झापा । झापा स्थित दमकमा आगलागीमा परेर एक जनाको निधन भएको छ ।
हिजो बेलुका साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नं. ३ मा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षका देशमान राईको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका प्यारालाइसिसका बिरामी राईको जलेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, आठ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पनि प्रहरी प्रवक्ताले थापाले जनाए ।
आगो स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा झण्डै एक घण्टापछि निभाइएको थियो ।
आगो लाग्नुको कारण अझै स्पष्ट खुलेको भने छैन ।
Comments