परराष्ट्रमन्त्री कोरोनाविरुद्धको खोप ल्याउने पहल गर्न भारत जाँदै
Published:
by .काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा कोरोना विरुद्धको खोप ल्याउनेबारे भारत सरकारसँग पहल गर्ने भएका छन् । मन्त्रीसहितको टोली केही दिनभित्रै भारत जाने र भ्रमणका क्रममा नेपाललाई खोप दिन मन्त्रीस्तरमा नै छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतले बताएको छ ।
टोलीमा को–को रहने र कहिले प्रस्थान गर्ने भन्नेबारे मन्त्रालयले आज टुंगो लगाउँदैछ । भारतमा प्रयोग हुने भनिएको खोप सोही मूल्यमा नेपाललाई उपलब्ध गराउन जिटुजी प्रक्रियामार्फत् परराष्ट्र मन्त्रालयले निरन्तर छलफल गरिरहेको छ । योसँगै भारतमा खोप सप्लाई गर्ने सम्झौता गरेको शेरम इन्स्टिीच्युटसँग पनि नेपाल सरकारले कुटनीतिक प्रयास गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाह्रखरी
Comments