४४ हजार बराबरको अवैध सामान विराटनगरबाट बरामद
Published:
by .विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट ४४ हजार बराबरको अवैध सामान बरामद गरेको छ ।
मङ्गलबार साँझ प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएको अन्दाजी ४४ हजार बराबरको सामग्री बरामद गरेको हो ।
हिजो साँझ ६ः४५ बजेतिर विराटनगर–१४ स्थित जतुवाबाट अन्दाजी १४ हजार बराबरको खाद्यान्न सामग्रीहरू बरामद गरेको थियो । प्रहरीले दुई बोरा प्याज, दुई बोरा लसुन, दुई बोरा चिनी र विभिन्न ब्राण्डको एक बोरा बिस्कुट बरामद गरेको थियो ।
यस्तै हिजै छ बजेति विराटनगर–१७ स्थित मटेरुवामा भारतबाट अवैध रूपमा भित्र्याइएको एक सय ५० पिस अन्दाजी ३० हजार बराबरको पर्सहरू बरामद गरेको प्रहरीले बताएको छ ।
बरामद गरिएका सबै सामान मूल भन्सार कार्यालय रानीमा बुझाइएको छ ।
Comments